Sunday, February 17, 2013

सेल रोटि पकाउने तरिका



Sell roti is one of the popular nepali snack or food used in various occasions. This short and sweet recipe in nepali to cook sell roti can help you to have an idea about nepali sell roti.



सेल रोटि  पकाउने तरिका 
सामग्री हरु 
मसिनो गरी पिसेको चामलको 
पीठो  १ किलो 
खस्रो चामलको पीठो :  २ पाउ
मैदा  :  डेढ पाउ

चिनी  : २ पाउ
पानी  आवश्यकताअनुशार
अलैंची पिसेको - २० ग्राम
घिउ आवश्यकताअनुसार   

पकाउने विधि
एउटा गहिरो भाँडामा चामलको पीठो, मैदा, चिनी तथा अलैंचीको धूलो मिसाउने र त्यसमा पानी हाली मुछ्ने। त्यसपछि आधा घन्टा त्यत्तिकै छोड्ने। एउटा ताई - सेल पकाउने भाँडा) मा सेल डुब्ने गरी घिउ तताउने। घिउ तातेपछि एक डाडुजति मुछेको पीठोमा हालेेर चलाउने। त्यसपछि सेलको आकारमा सोली वा कुनै वस्तुको सहायताले घिउमा हाली पकाउने। दुवै साइडमा पल्टाई पकाएर खैरो रंगको  भएपछि निकाल्ने।  केहि बेर तेल तारेपछी   खानको लागि तयारी हुन्छ |