Sunday, February 17, 2013

भेज पकौडा, बल बनाउने तरिका




सामग्रीः  
५ सय ग्राम उसिनेको आलु -म्यास गरेको 
१ सय ग्राम प्याज -मसिनो गरी काटेको 
२ ठूलो चम्चा हरियो धनियाँ -काटेको
 १ सानो चम्चा हरियो खुर्सानी -काटेको
१ सानो चम्चा बेसारको धूलो
१ सानो चम्चा जिराको धूलो 
१ सानो चम्चा धनियाँको धूलो 
१ सानो चम्चा रातो खुर्सानीको धूलो, नुन स्वादअनुसार 

घोलका लागि सामग्रीः 
१ सय ५० ग्राम बेसनको पीठो 
१ सय ग्राम मैदाको पीठो 
१ कप पानी, नुन स्वादअनुसार 
१ सानो चम्चा सब्जी मसला 
१ सानो चम्चा ज्वानोको दाना, तेल  फ्राई  गर्नका लागि आवश्यकताअनुसार। 

घोल बनाउने विधिः बनाउने विधिः तेलबाहेक सबै सामग्री एउटा भाँडामा हाली बाक्लो घोल -लेदो बनाउने।

सामग्रीः  एउटा भाँडामा सबै सामग्री हाली राम्रोसँग मुछ्ने। स-साना गोला बनाउने। त्यसलाई अघि बनाएको घोलमा डुबाउने। तातेको तेलमा रातो हुने गरी तार्ने। यसलाई साइड सलाद र कुनै अचारसँग सर्भ गर्ने।