Sunday, February 17, 2013

आलु र केराउको अचार बनाउने तरिका



how to make potato and green peas pickle a popular nepali snack alu ra kerau ko achar.
आवस्यक  सामाग्रीः  
१ किलो आलु -उसिनेर छिल्ने र टुक्रा टुक्रा पार्ने 
३ सय ५० ग्राम सानो केराउ -एक रात भिजाएको
१ सय मिलिलिटर तोरीको तेल
१ ठूलो चम्चा मेथीको दाना 
५० ग्राम अमिलो -चुक, कागतीको रस वा भिनेगर स्वादअनुसार 
१ सय ग्राम पिसेको तिल
१ सानो चम्चा बेसार
१ सानो चम्चा जिराको धूलो
१ सानो चम्चा धनियाँको धूलो
१ सानो चम्चा खुर्सानीको धूलो
१ सय ग्राम हरियो खुर्सानी -काटेको
५० ग्राम हरियो धनियाँ -काटेको
 नुन स्वादअनुसार।

विधिः पहिले आलु उमालेर बोक्रा फाली टुक्रा पार्ने र एउटा भाँडामा राख्ने फ्राई प्यानमा तेल तताउने। तेलमा मेथी फुराउने। त्यसमा बेसार, जिरा, धनियाँको धूलो हालेर आलुमा झान्ने। अनि बाँकी सबै सामग्री हाली राम्रोसँग मोल्ने र माथिबाट हरियो धनियाँ छर्कने।