Wednesday, April 17, 2013

शिवजीको नेपाल भ्रमण

एक दिन भगवान् शिव मानवको रुप धारण गरेर नेपाल आएछ। भगवान शिवजी सिदै एउटा भट्टीमा छिर्नुभएछ। भट्टी मा शिवजीले एक फुल लोकल ऐला मगाउनु भए छ। एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। शिवजीले अब चाहिं एक फुल खुकुरी रम मगाउनु भए छ र फेरी एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। उहाँले फेरी एक फुल भोड्का मगाउनु भए छ र फेरी एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। फेरी एक फुल रोयल स्टेग मगाउनु भए छ र फेरी एकै चोटी उहाँले घ्याम्पे हानेर रक्सी सकाउनु भएछ। यति रक्सी खाएको देखेर भट्टीको साउनी अचम्म परेछ र सोधेछ – मैले कस्ता कस्ता ट्वाके जडियाहरु देखेको छु तर तपाईं जस्तो चाहिँ कहिले देखेको छैन! शिवजी रिसाउन्दै भन्नु हुन्छ – अरे मुर्ख बालिके म शिव हुँ शिव !! भट्टी साउनी – बल्ल लागेछ यसलाई !!!

No comments:

Post a Comment