Wednesday, November 4, 2015

सामूहिक बलात्कारमा परेकी युवतीको बयान



काठमाडौँ २६ असोज । मेरो स्थायी घर दोलखा हो । अहिले काठमाडौंको कपनमा बस्दै आएकी छु । एक महिना नेना श्रेष्ठ दिदीको होटेलमा काम गरेँ । गत महिना होटेल बन्द भएपछि नेना दिदीकै डेरामा बस्दै आएकी छु । लतिलपुरमा मेरो फुपू नाता पर्ने कल्पना र सुशीला श्रेष्ठ बस्नुहुन्छ । २८ गते म जात्रा हेर्न भनेर उहाँहरूकै डेरामा गएकी थिएँ । दिउँसो करिब २ बजे पुगेकी थिएँ । उहाँहरूकै डेरामा खाना खाइसकेपछि हामी सबैजना सुनाकोठी बजारमा लाखे जुधाउने जात्रा हेर्न गएका थियौँ । तीन घन्टाजति जात्रा हेरेपछि राति १० बजे हामी डेरामा फर्कियौँ । सबै त्यहीँ सुत्ने कुरा भयो । एक घन्टाजति गफगाफ गरी बसेपछि मलाई कल्पना फुपूका ब्वाइफ्रेन्डलगायत केटाहरूले छाडा कुरा गर्ने, मेरो शरीरमा हात लगाई जिस्कनेजस्ता क्रियाकलाप गरे । त्यसपछि मलाई त्यहाँ बस्न उचित लागेन । मैले कपन बस्ने दिदीलाई फोन गरी आउँछु भनेँ । दिदीले आफ्ना प्रेमी पासाङलाई मलाई लिन पठाएको बताइन् । तर, धेरै बेरसम्म पनि पासाङ आएनन् । दिदीको फोनसमेत लागेन । त्यसपछि मैले राकेश भन्नेलाई ‘ट्याक्सी पाइँदैन’ भनेर सोधें । उसले आफ्नो चिनेको साथीको ट्याक्सी भएको भन्दै ‘फोन गर्छु’ भने बाहिर गयो । ऊसँगै अरू तीनजना केटा पनि बाहिर गए । आन्दाजी १० मिनेटपछि राकेश मगरभित्र आयो । ‘ट्याक्सी आइपुग्न लाग्यो जाऔँ’ भनेपछि म बाहिर निस्किएकी थिएँ । कल्पना फुपूले ‘नजाऊ’ भन्दै हुनुहुन्थ्यो । तर, मलाई त्यस ठाउँमा बस्नै मन नलागेर हिँडेकी हुँ । उनीहरूले ट्याक्सीमा पठाउन सहयोग नै गर्लान् भन्ने सोचेकी थिएँ । विश्वास मानेर राकेश मगरसँग गएकी हुँ । अलि पर पुगेपछि अरू केटासँग पनि भेट भयो । उनीहरूले मलाई ‘ट्याक्सी आउने बाटो यही हो’ भन्दै चौरमा पुर्‍याए । मलाई शंका लागेपछि ‘किन यता ल्याएको’ भनेँ । ‘यतै त हो, हिँड’ भन्दै धकेल्दै चौरमा पुर्‍याए । ‘ट्याक्सी यहीँ आउँछ, बसौँ’ भनेपछि म पनि चौरमै बसेँ । राकेश मगर मेरो छेउमा बसी अँगालो हाल्यो । मैले ‘यो के गरेको’ भनेँ । ‘रमाइलो गरेको नि, यति पनि थाहा छैन’ भन्दै मेरो शरीरभित्र हात लगायो । सोही क्रममा अर्काेले मेरो हात समायो । त्यसको नाम अम्बरबहादुर मगर रहेछ, पछि थाहा भयो । उसले मेरो शरीरमा समाई चल्न दिएन । अरू दुईजना विशाल स्याङ्तान र मिलन महर्जनले मेरो पाइन्ट र पेन्टीसमेत खोलिदिए । म कराउने कोसिस गरेँ । मेरो मुख हातले बन्द गरी मलाई कराउनसमेत दिइएन । मलाई राकेशले गालामा थप्पड हिर्कायो । मेरो मुख तथा आँखासमेत उनीहरूले हातले छोपिदिई पालैपालो जबर्जस्ती गरे । सुरुमा अम्बरबहादुर मगरले करणी गरेको हो । त्यसपछि अन्य तीनजनाले पनि पालैपालो करणी गरे । उनीहरूमध्ये एकजनाले कन्डम लगाएकोजस्तो लाग्छ । अन्यले के गरे, मलाई थाहा भएन । म रोई–कराई गर्दा पनि उनीहरूले मलाई करणी गर्न छाडेनन् । पछि, कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिए । म डरले केही बोल्न सकिनँ । फेरि पनि केही समयपश्चात् करणी गर्नका लागि सल्लाह गर्न थाले । मैले आफूलाई दिसा लागेको बताएँ । दिसा गर्न जान्छु भनेपछि मलाई छाडिदिए । सोही बहानामा म नजिकै रहेको खोलामा गएँ । त्यहाँबाट धान खेततिर भागेँ । मध्यरात भएको थियो । अँध्यारोमा भाग्दै करिब दुई किलोमिटर टाढा पुगेँ । दुई किलोमिटर टाढा पुगेपछि जस्ताले बारेको घरमा पुगी रोई–कराई गरी ढोका खोल्न लगाएँ । दिदीहरूले ढोका खोल्नुभयो । त्यो दिदीलाई चिनेकी थिइनँ । सोही दिदीलाई सम्पूर्ण कुरा बताइदिएँ । दिदीले नै प्रहरीलाई खबर गरिदिनुभयो । त्यहीँबाट मलाई प्रहरीले कार्यालयमा पुर्‍याएको हो । मलाई अनेक प्रपञ्च रची एकान्तस्थलमा पुर्‍याएर जबर्जस्ती करणी गर्नेलाई हदैसम्मको कारबाही हुन्छ भन्ने अपेक्षा गरेकी छु । आजको नया पत्रिका दैनिकमा खबर छ ।

No comments:

Post a Comment